熱門搜尋

載入中 ...

मन्चुको यश 紫氣東來

2017-09-11

मन्चुको यश 紫氣東來

2017-09-11
(Nepali)
(कुन्दुलुन खान पनि भनिने) नुर्हाची ले, जसले विभिन्न जुर्चेन राज्यहरूलाई एकीकरण गरेका थिए, मिंग वंशलाई हराउने आफ्नो योजनालाई मूर्तरूप दिन आफ्नो राजधानी लिआओयांगको दोंजिंगबाट सेन्यांगको सेंजियांग मा सारेका थिए । उनका नाति तथा सुन्झिका सम्राटले सो काम सन् 1644 मा सफलतापूर्वक सम्पन्न गरेका थिए र उनि नै चीनको विदेशी शासक बने । त्यो समयमा मन्चू सम्प्रदायका मानिसहरूको जम्मा जनसंख्या 400,000 भन्दा केही बढी थियो होला । तर, उनीहरूलाई एक अरबभन्दा बढी हान वंशका चिनियाँहरूलाई जित्ने सामर्थ्य कहाँ बाट आयो होला त ?
मन्जु (मन्झु) भन्ने नाम नुर्हचिका छोरा होंग टाईजी ले सुरु गरेका थिए । आफ्ना साम्राज्यभरि छरिएर रहेका फिरन्ते जातिलाई अपनत्व दिनका लागि ती आदिवासी समुदायलाई यो नाम दिएका थिए र भर्खरै बनाइएको मन्चू भाषालाई आधिकारिक भाषा बनाएका थिए । ती सम्राटले संसारलाई आफ्नो बसमा राख्नलाई हरेक जातिको उत्कृष्ट पक्षलाई समेट्न सक्नुपर्छ भन्ने कुरा जानेका थिए ।

युनेस्कोको विश्व सम्पदा सूचिमा सन् 2004 मा सूचीकृत भएको (मुक्देन दरबार पनि भनिने) सेन्यांग राजदरवारले हान, मन्चू, मंगोलियाली र तिब्बती वास्तुकलाको विशेषतालाई लिएर चिनियाँ दरबारको नमुना वास्तुकला प्रस्तुत गर्छ ।

मन्चू समुदायले हान समुदायको संस्कृतिलाइ अँगाले पनि उनीहरूकै आफ्नै संस्कृतिलाई पनि विस्तारै त्यसैमा मिसाउँदै लागेका थिए । उनीहरू चीनकै तेस्रो ठूलो जातीय अल्पसंख्यकको रूपमा छन् र जनसंख्या एक करोड भन्दा बढी छ, तर पनि मन्चू संस्कृति नै लोपको सँघारमा छ र उद्धारको पर्खाइमा छ ।

हाल थुप्रै समर्पित युवाहरूले आफूलाई मन्चू संस्कृतिको संरक्षणमा होमिरहेका छन् । नुर्हाचिको जन्मस्थान हेतुआला सहर (अहिलेको लियाओनिंग प्रान्तको स्वायत्त जिन्बिंग मन्चू इकाई) मा मन्चू प्राथमिक विद्यालयहरूले आफ्ना विद्यार्थीहरूका लागि मन्चू भाषामा मन्चू संस्कृति सापेक्ष कक्षाहरू तर्जुमा गरेका छन् । र, श्री गुआन चंग्शेंग, जो मन्चू समुदायको कागजसम्बन्धी कला अरूलाई सिकाउने गर्दछन्, ले आफ्नो सिर्जनाको माध्यमबाट आदिवासीहरूका चालचलनलाई रेकर्ड गरिरहेका छन् । उलाबान, जुन एउटा कथा भन्ने मनोरंजन हो, अहिले हराइरहेको छ । तर श्री चा शुयुयन, जो यसमा विगत 60 वर्षदेखि लागिरहेका छन्, उनी मन्चू दंत्यकथा तथा लोक कथाहरू गायन तथा प्रस्तुतिका माध्यमबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छन् ।

कियान्लोंग सम्राटका सातौं पुस्ताका नाति ऐसिन गिओरो हेन्ग्शाओ अहिले आइसिन गियाओरो वंशका मूली हुन् । हरेक वर्षको जुलाई महिनामा उनि आफ्नो परिवार, जाति र मन्चू वंशी अरू सन्तान दरसन्तानलाई नेतृत्व गर्दै आफ्ना पुर्खाहरूलाई सम्मान प्रकट गर्न योंग्लिंगको चिहान, जहान उनीहरूका पुर्खाहरूलाई समाधिस्थ गरिएको थियो, मा आफ्नो जातीय एकताको प्रतीक बनेर आफ्ना पुर्खाहरूलाई श्रद्धा प्रकट गर्न जान्छन् ।


प्रसारण सम्बन्धी सूचना:
11-09-2017, सोमवार, 1730-1800

(पुनःप्रसारण)
15-09-2017, शुक्रवार, 1130-1200
16-09-2017, शनिवार, 0630-0700


1625年,統一女真各部的汗王努爾哈赤由遼陽的東京遷都至瀋陽的盛京,並以此為據點,逐步向明朝進擊。到1644年,努爾哈赤的孫兒順治皇帝入關,滅了明朝,正式成為中國的外族統治者。那時候,滿族各部人口不過40多萬。他們憑甚麼統治人口過億的漢民族?

「滿州族」是努爾哈赤的兒子皇太極的「發明」。他為了令本來分散的遊牧民族更有向心力,於是統一稱呼為「滿州族」,並以新創立的滿文滿語為官方語言。皇太極意識到,結合各族的優勢,方能一統天下。在瀋陽的盛京皇宮中,可以見到漢、滿、蒙、藏多民族融合的建築特色,堪稱「中國宮廷建築的標本」,於2004年被列為世界文化遺產。

在推崇漢文明以統治中國的同時,滿州族的文化卻漸漸地被漢文化吞噬。人口過千萬、作為中國第三大少數民族的滿族,其文化在漢化的大潮中面臨沒頂之災,極待救援。

如今,不少有心人在努力進行有關滿族文化傳承的工作。在努爾哈赤的出生地赫圖阿拉(今遼寧省新賓縣),有滿族小學為學生設計滿語和滿族文化的校本課程;滿族剪紙藝術的傳承人關長勝先生以剪紙將滿族的文化傳統紀錄下來;純滿語演出的「滿族說部」雖然已經失傳,但表演「說部」近六十年的查樹源先生卻仍希望把滿族的傳說和民間故事以說唱表演的方式流傳下去。

作為乾隆王的第七代嫡孫,愛新覺羅‧恆紹現時是愛新覺羅氏族的族長。每年七月,他都會率領其親族及其他滿族後人,在祖墳永陵向其祖先致祭,為的是展示民族團結,並發揚「慎終追遠」的傳統美德。


播映日期:
11-09-2017, 星期一, 1730-1800
(重播)
15-09-2017, 星期五, 1130-1200
16-09-2017, 星期六, 0630-0700

सांस्कृतिक सम्पदा- प्राचीन राजधानी (Nepali Subtitle) 文化長河-古都行 (尼泊爾語字幕)

(Nepali) ‘साँस्कृतिक सम्पदा - प्राचीन राजधानी’ चीनको इतिहासमा हजारौं वर्षहरू अविधमा रहेका विभिन्न महत्त्वपूर्ण राजधानीहरूको अन्वेषण गर्ने वृत्तचित्रको 8 भागहरू भएको ‘साँस्कृतिक सम्पदा’ कार्यक्रमको 5th श्रृंखला हो। यी राजधानीहरू यद्यपि अहिले सबैले आधुनिकरणसँग सामना गरिरहेका छन्, सभ्यताका महिमाहरूको चिन्हहरू अंकित हुन सक्छन् र परम्परागत विचारधारको बहुमूल्य महत्त्व अझैपनि पाउन सकिन्छ। 《文化長河》第五輯【古都行】,攝製隊帶觀眾走進深入探索中國歷史上的重要都城,包括中國四大古都──洛陽、西安、南京、北京,以及成都、開封、銀川、高昌、大理、元上都、瀋陽等。 昔日京城,今天古都。古都曾是國家的政治權力核心、皇王權象徵,也是經濟、文化中樞地帶,因而保留了不少古代的宮殿、皇王陵、城樓和考古遺址。本節目透過這些歷史古典建築、國寶級文物和傳統技藝,一方面展現古都背後所承載的歷史傳統,同時探看古城今天人們的生活面貌。
回頁頂